भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

सारांश

  • सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
  • गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
  • सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

१८ जेठ, काठमाडौं ।

सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी रुष्ट छन् । प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२/२/१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको’, विज्ञप्तिमा उल्लेख छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?