काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
१८ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिका-२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन्।
प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ उनीहरूलाई ७५ हजार रुपैयाँ नगद र ३ बुक ताससहित रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment