सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
१८ जेठ, काठमाडौं ।
गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment