राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ ।
  • शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
  • प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरू थप उत्साहित भएको बताए ।

१७ जेठ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरू थप उत्साहित भएको बताए । बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उनले जानकारी दिए । अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजे पनि आन्दोलन नरोकिने स्पष्ट पारे । उनले जेठ १५ गते राजसंस्था पक्षधरहरूको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?