सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

सारांश

  • अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ ।
  • बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।

 

१७ जेठ, विराटनगर ।

अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए । बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।

बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको छ । प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उनले भने, ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’ उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो । नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो । मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण  कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण