२६ जेष्ठ २०८२, आईतवार

मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै

१५ जेठ, काठमाडौं ।

मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म

४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो । पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment