बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
१८ पटक हेरिएको
Shares
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नयाँ बजेटमा वीरगन्जको नारायणी रंगशाला फेरि उपेक्षामा परेपछि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आक्रोश व्यक्त गरेका छन्।
  • नयाँ बजेटमा काठमाडौंंको मूलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रूपन्देही, झापा र सुर्खेत लगायतका स्थानका रंगशालाका लागि उल्लेखनीय रकम छुट्याइएको छ।
  • तर दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला भने फेरि उपेक्षामा परेपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका छन्।

१५ जेठ, वीरगन्ज ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नयाँ बजेटमा वीरगन्जको नारायणी रंगशाला फेरि उपेक्षामा परेपछि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आक्रोश व्यक्त गरेका छन्। नयाँ बजेटमा काठमाडौंंको मूलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रूपन्देही, झापा र सुर्खेत लगायतका स्थानका रंगशालाका लागि उल्लेखनीय रकम छुट्याइएको छ।

तर दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला भने फेरि उपेक्षामा परेपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका छन्। मेयर सिंहले लेखेका छन्, ‘थुइक्क ! बजेटमा देशका हरेक ठाउँका रंगशाला अटाउँछन्, तर वीरगन्जको रंगशाला अटाउँदैन ? हाम्रा सपना बारम्बार बजेटबाहिर राखिन्छन्। खेलकुदका नाममा समिति बनाउने, फोटो खिचाउने तर काम शून्य !’

उनले संघीय र मधेस प्रदेश दुवै सरकारलाई झुठो आशा नदेखाउन चेतावनी पनि दिएका छन्। उनले भने, ‘यदि साँच्चै सम्भव छैन भने हामीलाई जिम्मा देऊ, हामी आफैं रंगशाला बनाउँछौं, वीरगन्जको गौरव हामी आफैं जोगाउँछौं।’ मेयर सिंहले नारायणी रंगशालाको ऐतिहासिकता, सम्भावना र वर्तमान अवस्थाको उल्लेख गर्दै संघ सरकारले बारम्बार उपेक्षा गर्नु अन्यायपूर्ण र अपमानजनक रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने