डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
१४ जेठ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा आगामी सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा प्रस्ताव लैजाने घोषणा गरेका छन् । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासअन्तर्गत यो पहल गरिएको बताए ।
जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने । नेपाली श्रमिकहरूको वास्तविकतालाई उदाहरण दिँदै मन्त्री पौडेलले भने, ‘कतिपय देशमा नेपालीले बनाएको रंगशाला छ । नेपालीले बनाएको सय–दुई सय तलाका घरहरू छन् । युवावस्थामा मेहेनत गरेका श्रमिक कमजोर भएपछि र स्वास्थ्य समस्या भएपछि देश फर्किने गरेका छन् ।
त्यसकारण रोजगारदाताले उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’ अब दुई देशबीच श्रम सम्झौता हुँदै यस विषयलाई सहमतिमा समावेश हुने मन्त्रालयले जनाएको छ । भारत, बंगलादेश, फिलिपिन्स लगायत वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य देशले यस प्रस्तावका लागि तयार रहेको मन्त्री पौडेलको दाबी छ । ‘यी सबै डब्लूएचओका सदस्य राष्ट्रहरु हुन् । ती सबै राष्ट्रहरुले हाम्रो प्रस्तावलाई समर्थन गर्नेछन्,’ मन्त्री पौडेलले भने ।
Post Comment