२६ जेष्ठ २०८२, आईतवार

लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो

१३ जेठ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाएका छन् । जेठ १५ गते राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष लिङ्देनले सरकारको तर्फबाट मुठभेड निम्त्याउने क्रियाकलाप भएको आरोप लगाए ।

हामीहरूले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीनजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले कार्यक्रम भड्काउने आशंका निम्तिएको छ,’ उनले भने । अध्यक्ष लिङ्देनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने जानकारी दिँदै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने बताए । राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनले प्रतिबद्धता जनाए । उनले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?