वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनुअघि नै आवश्यक पूर्व तयारी थालेको छ ।
  • वर्षायाम सुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विभिन्न ६ निर्णयहरू गरेका हुन् ।
  • मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरूसमक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको बताए ।

१३ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनुअघि नै आवश्यक पूर्व तयारी थालेको छ । वर्षायाम सुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विभिन्न ६ निर्णयहरू गरेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरूसमक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको बताए । सोहीअनुसार विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरूसँग मन्त्री पौडेलले डाकेको बैठकले पूर्व तयारीको काम थालिहाल्ने निर्णय गरेको हो । अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ । साथै शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउने छ । महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गर्नेछ । यसैगरी, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय/प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका काम समेत अघि बढाइने भएको छ । मन्त्री पौडेलको प्रतिबद्धताअनुसार संक्रामक रोग ऐन २०२० लाई बदलिंदो परिस्थिती तथा आवश्यकताअनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए
विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल