१२ श्रावण २०८२, आईतवार

सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार

 

११ जेठ, सर्लाही।

सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय वृद्ध अमिरी पासवानको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार पासवानको घटास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डीएसपी भट्टराईले जानकारी दिए । मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?