अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु
१० जेठ, सान डिएगो ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान गएको बिहीबार बिहान ३ः४७ बजे विद्युत्को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment