Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतीय अभिनेता मुकुल देवको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भारतीय अभिनेता मुकुल देवको निधन

सारांश

  •   भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ ।
  • उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए ।
  • यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

१० जेठ, भारत । 

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुकुल हिन्दी, पञ्जाबी र दक्षिणी फिल्मका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए । मुकुलले धेरै बलिउड फिल्ममा पनि काम गरे ।

उनले फिल्म ‘सन अफ सरदार’ मा टोनी सिंह सन्धुको भूमिका निभाएका थिए । यो भूमिकाबाट उनले विशेष पहिचान पाएका थिए । उनले ‘यमला पगला दीवाना’, ‘आर…राजकुमार’ र ‘जय हो’ जस्ता फिल्महरूमा पनि महत्त्वपूर्ण भूमिका खेले । मुकुलको जन्म १७ सेप्टेम्बर १९७० मा नयाँ दिल्लीको एक पञ्जाबी परिवारमा भएको थियो । उनले सन् १९९६ मा टिभी सिरियल ‘मुमकिन’बाट अभिनयमा डेब्यू गरेका थिए । यसमा उनले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए । उनी ‘एक से बधर एक’ शोमा पनि देखिएका थिए । उनी ‘फियर फ्याक्टर इन्डिया’को पहिलो सिजनको होस्ट पनि थिए ।

उनको फिल्म डेब्यू सन् १९९६ मा फिल्म ‘दस्तक’ बाट भएको थियो । यस फिल्ममा उनले एसीपी रोहित मल्होत्राको भूमिका निर्वाह गरेका थिए । पछि उनी ‘कहानी घर घर की’ र ‘कभी कभी प्यार कभी कभी यार’ लगायत धेरै फिल्म र टिभी कार्यक्रमहरूमा देखा परे । हिन्दीबाहेक उनले पञ्जाबी, बङ्गाली, मलयालम, कन्नड र तेलुगु भाषाका ६० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनी अन्तिम पटक सन् २०२२ मा फिल्म ‘एन्ट द एन्ड’ मा ठूलो पर्दामा देखिएका थिए । टिभीमा उनी सन् २०१८ को सिरियल ‘२१ सरफरोश’ मा गुल बादशाहको भूमिकामा देखिएका थिए । जबकि सन् २०२० मा उनी ओटीटीमा प्रसारित वेब श्रृङ्खला ‘स्टेट अफ सिज: २६/११’ मा देखिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङले लागेर २ जनाको मृत्यु
चट्याङले लागेर २ जनाको मृत्यु
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स
एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
कान्ति राजमार्गमा सवारीको चाप
कान्ति राजमार्गमा सवारीको चाप
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद