जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
१९ पटक हेरिएको
Shares
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला

सारांश

  •   नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु तत्कालीन माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्।
  • शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व.
  • खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै सिटौलाले यस्तो धारणा राखेका हुन्।

१० जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु तत्कालीन माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्। शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै सिटौलाले यस्तो धारणा राखेका हुन्।

उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरताको चिह्न भएको बताए। सिटौलाले यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती महसुस गर्ने गरेको पनि उल्लेख गरे। “जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको

हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला,” नेता सिटौलाले भने, “यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको रियलाइज पनि गर्दछन्। कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्।” उनले पञ्चायतकालदेखि नै नेपाली कांग्रेस जनताको अधिकारका लागि संगठित भएर लागेको पनि स्मरण गराए। नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पुर्‍याएको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’
‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु