दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता

सारांश

  • कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • पशु कल्याणकारी संस्था स्नेहाज केयरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अहिलेकै सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी जानकारी दिएका हुन्।
  • उनले भने, ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन महिनाभित्र ऐन ल्याउने गरी तयारी गर्छु ।

 

९ जेठ, काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पशु कल्याणकारी संस्था स्नेहाज केयरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अहिलेकै सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी जानकारी दिएका हुन्। उनले भने, ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन महिनाभित्र ऐन ल्याउने गरी तयारी गर्छु ।’

स्नेहाज कयेरले नेपाल फार्मर्स एडभाइजरी काउन्सिलसँगको सहकार्यमा नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व विषयक अन्तरक्रियामा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य सम्झना थपलिया, रञ्जिता श्रेष्ठ, मिना तामाङ, विजुला रायमाझीले पशु अधिकार र पशु कल्याण ऐनका विषयमा धारणा राखेका थिए । समितिकी सदस्य बिजुला रायमाझीले पशु कल्याणको विषय निकै महत्वपूर्ण र पेचिलो भएको बताइन् । सबै प्राणीको बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने गरी समितिमा दफादार छलफल गर्ने बताउँदै पशु कल्याण ऐनलाई छिटो पारित गराउन सक्दो प्रयत्न गर्ने धारणा राखिन् ।

अर्की सदस्य रञ्जिता श्रेष्ठले बोल्न नसक्ने प्राणीका लागि आफूले बोल्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘ यो गम्भीर विषय हो, यो विषयलाई प्राथमिकतामा राखेकी छु’ उनले भनिन्, ‘ऐन पारित गराउन सक्दो प्रयास गर्छु।’ कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणको आवश्यकता र महत्व विषयमा केन्द्रित प्रस्तुतिकरण राखिन् । उनले नेपालमा पशु कल्याण ऐन पशु कल्याण अभियन्ताहरूका लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरी लागु गर्नुपर्ने र समयसापेक्ष संशोधन गर्दै जानुपर्नेमा जोड दिइन् । बरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तृतिकरण गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानूनी प्रावधानहरूका सम्बन्धमा प्रस्ट पारे ।

पशु कल्याण ऐनलाई एकीकृत कानुनको रुपमा नभई छुट्टै कानुनको रुपमा ल्याउनुपर्नेमा उनले जोड दिए ।  उनले सम्मानित सर्वोच्च अदालतबाट भएका परमादेशहरूको मर्मबमोजिम पनि छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने आवश्यकता औल्याए । कार्यक्रमका अध्यक्ष नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका अध्यक्ष एवम् पूर्वसचिव डा.योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशभन्दा नेपाल २०० वर्ष पछि रहेको बताए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संघीय पशु कल्याण ऐन जारी भए लगत्तैको हिँउदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई थुनामै पठाउने आदेश
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट