१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
९ जेठ, काठमाडौं ।
राजावादीहरूले १५ जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको प्रहरीले बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताए । त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment