बाघको आक्रमणबाट महिला घाइते
८ जेठ, हेटौंडा ।
मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका—९ ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया फूलमाया चेपाङलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । उनको उपचार मनहरीको अस्पतालमा भइरहेको छ ।
बाघको आक्रमणबाट उनको गर्दन र गालामा घाउ छ । फूलमायासहित चार जना महिलाहरु बिहीबार दिउँसो घाँस काट्न गएका थिए । प्रहरीका अनुसार बाघले फूलमायालाई आक्रमण गर्दा अरु तीन जना कराए पछि बाघ जंगलतिर गएको थियो ।

Related posts:
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment