मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
७ जेठ, परासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१ सन्डामा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुनवलबाट परासी जाँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले बताए । दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण सापकोटा र अमृत भुजेल घाइते भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment