लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
१५, कार्तिक, काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1