सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा

सारांश

  • सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
  • कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्‍यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो ।
  • प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् ।

६ जेठ, काठमाडौं ।

सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्‍यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो । प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन् ।

एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् । प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्‍यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’ उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्‍यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो आज बिहान ९ बजेतिरको घटना रहेको उनले  बताइन् ।

त्यपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले अनलाइनखबरलाई बताइन् । उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । ‘घर कहाँ, के गर्ने केही पनि थाहा छैन । उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ,’ उनले भनिन् । अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा