वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
८० पटक हेरिएको
Shares
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद

सारांश

  • वीरगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।
  •  भारतबाट तस्करी गरेर ल्याइँदै ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज महानगरपालिका-२ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।
  • बरामद गरिएको ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

 

६ जेठ, वीरगन्ज ।

वीरगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। भारतबाट तस्करी गरेर ल्याइँदै ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज महानगरपालिका-२ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिँदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो। उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण  हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली भकुवा नाकामा पुगेको थियो। भकुवा नाकास्थित सिर्सिया नदी तरेर दुईजना तस्करहरू टाउकोमा लागूऔषधले भरिएको कार्टुन बोकर छपकैयातर्फ आउँदै गर्दा सशस्त्र

प्रहरीलाई देखेपछि उनीहरू दुवै जना लागूऔषध सहितको कार्टुन फ्याँकेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए। कार्टुन खोलेर हेर्दा त्यसभित्र लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४९० पिस बरामद भएको उनले बताए। बरामद उक्त लागूऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र तस्करहरूको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का