प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

सारांश

  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।
  • प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूले सोधेकाे प्रश्नको जवाफ दिनुपर्नेछ।

 

६ जेठ, काठमाडौं  ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूले सोधेकाे प्रश्नको जवाफ दिनुपर्नेछ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।साथै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ