प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ

सारांश

  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ ।
  • सर्वोच्च अदालतमा आज आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
  •   प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहरण गराउनुभयो ।

 ५ जेठ ,काठमाडौँ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।  प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहरण गराउनुभयो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहनुभएको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य रहनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यही जेठ १ गते दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर