प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

५ जेठ, काठमाडौं ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे उक्त बैठक बस्ने भएको हो। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सबन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बन्धी सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस्’ तथा ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।




Post Comment