अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
४ जेठ, अमेरिका ।
वाशिङटन डिसी- अमेरिकाको विभिन्न राज्यहरूमा आएको भीषण आँधी र मौसमी प्रणालीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। तीमध्ये १८ जनाको ज्यान केन्टुकीमा आएको बवण्डरका कारण भएको बताइएको छ। सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण मिसौरी, विस्कन्सिन, ग्रेट लेक्स क्षेत्र र टेक्साससहितका धेरै राज्य प्रभावित भएका छन्।
आँधीका कारण राज्यका झण्डै दुई दर्जन सडकका केही भागहरू पूर्णरूपमा बन्द गरिएको छ भने केही सडक पुनः सञ्चालनमा ल्याउन कैयौं दिन लाग्न सक्ने जनाइएको छ। उनले मृतक संख्यामा अझै वृद्धि हुने आशंका व्यक्त गरेका छन्। मिसौरीको सेट लुइस शहरकी मेयर कारा स्पेन्सरका अनुसार, आँधीका कारण पाँच जनाको ज्यान गएको छ भने ३८ जना घाइते भएका छन्। साथै, करिब ५,००० घरहरूमा क्षति पुगेको बताइएको छ।ग्रेट लेक्स र टेक्सासमा प्रभाव भीषण मौसम प्रणालीको प्रभाव अन्य राज्यहरूमा पनि परेको छ। विस्कन्सिनमा बवण्डर आएको थियो भने ग्रेट लेक्स क्षेत्रमा लाखौं मानिसहरू विद्युत् सेवा बिना बस्न बाध्य भए। टेक्सासमा भने अत्यधिक गर्मी र तातो हावा चलेको रिपोर्ट छ। भवन ध्वस्त, रुख र विजुलीका पोल ढले
शुक्रवार अपराह्न आएको आँधीले थुप्रै भवनहरू क्षतिग्रस्त बनाएको छ। रुख र विजुलीका खम्बा ढलेका छन्। अधिकारीहरूले नागरिकहरूलाई सुरक्षित स्थानमा जान र सतर्क रहन अनुरोध गरेका छन्। मेयर स्पेन्सरले घटनाबारे प्रतिक्रिया दिँदै भनिन्, यो साँच्चिकै विनाशकारी घटना हो।ू ब्रुकलिन ब्रिजमा जहाज दुर्घटना, १९ घाइते यसैबीच, न्यूयोर्कका मेयरले जानकारी दिएका छन् कि मेक्सिकोबाट २०० यात्रु बोकेको एक जहाज ब्रुकलिन ब्रिजसँग ठोक्किएको छ। सो दुर्घटनामा १९ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सरकारी निकायहरूले राहत तथा उद्धार कार्य तीव्र बनाएको जनाएका छन्। घटनाको थप विवरण आउने क्रम जारी छ।
Post Comment