२६ जेष्ठ २०८२, आईतवार

भारतीय वनमन्त्री यादव नेपालमा

 

 १ जेठ, काठमाडौँ ।

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।

आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment