अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित

सारांश

  • अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् ।
  • बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो ।
  • बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरे ।

१२ कार्तिक, काठमाडौं । अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् ।

बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो । बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरे । फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनिषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ । बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान ग्रहण गरेलगत्तै मनिषाले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै सम्मानित हुन पाउँदा खुसी लागेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘म इमरान हुसैनी सांसद र एसियन स्ट्यान्डर्ड न्युजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई बेलायती संसदमा उनीहरुको प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । म यो भव्य समारोहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु । फातिमाको कथा आफैंमा अत्यन्तै प्रेरणादायी छ । उनी अझै समृद्ध हुनेछिन् । भगवानले तपाईंलाई आशिष दिनुहुनेछ र म यो सम्मानका लागि आभार व्यक्त गर्छु ।’ नेपालमा परिवार र पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाएपछि उनी सम्मान ग्रहणका लागि बेलायत प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
नारायणगढ–मुग्लिनमा खसेको पहिराे हटाउन सुरु
नारायणगढ–मुग्लिनमा खसेको पहिराे हटाउन सुरु
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध