कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द

सारांश

  • सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।
  • उक्त सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
  • कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोक मार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

 

१ जेठ, कर्णाली ।

सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोक मार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

रामाघाट–साईगाउँ खण्डको दूरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पार गर्नुपर्ने छ । कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनीबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो ।सडक डिभिजन कार्यालयले खड्का केएसके शिशिर वसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो । सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी वैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिनुभयो । दैनिक आवत जावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध छ । निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।

राजमार्ग जेठ ११ गतेसम्म दैनिक बिहान ८ देखि १२ र दिउँसो २ देखि साँझ ६ बजेसम्म बन्द हुने छ । लामो समयसम्म सवारी रोक्नुभन्दा वैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताउनुभयो । २०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का केएसके शिशिर वसन्त जेभीले पाली–रामाघाट १२ र सिस्ने–साईगाउँ  १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ । कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिनुभयो । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म बेस बिछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते