२६ जेष्ठ २०८२, आईतवार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

 

३१ वैशाख, काठमाडौं-

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?