क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्।
  • फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्।
  • ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।

३१ वैशाख, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्। ‘जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ लामिछानेले लेखेका छन्।

राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले थपे, ‘कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन्। मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।’ अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ।’ उनी केन्द्रीय सम्झौता अन्तर्गत क्याटेगोरी ए मा समावेश थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यमा नयाँ रेकर्ड
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
स्वदेश फर्किए कतारका राजा
स्वदेश फर्किए कतारका राजा