Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

सारांश

  • मङ्गलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो ।
  • प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।
  • बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गर्नुभयो ।

 

 ३१ वैशाखः काठमाडौँ, 

प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । मङ्गलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।

बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गर्नुभयो । “झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्”, उहाँले भन्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिनुभएको छ । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेले बताउनुभयो । तालिमले व्यावसायिक र मर्यादित पत्रकारितामा योगदान पु¥याउने उहाँको दबी छ । “यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ, प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ, जिल्ला शाखाले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम राख्ने छन्”, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारहरूको अधिकार, पेसागत हित र नीति निर्माणमा सङ्गठनले अग्रणी भूमिका खेल्दै आएको छ । सङ्गठनमा सात हजारभन्दा बढी पत्रकार आबद्ध छन् । कार्यक्रममा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन
उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल