हुलाक बचतको पाँच करोडभन्दा बढी रकम हिनामिना
३० वैशाख, काठमाडौं ।
हुलाक कार्यालय, बाराका आधा दर्जन कार्यालय प्रमुख भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख बलीराम प्रसादसहित पूर्व प्रमुखहरु जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध मुद्दा हालिएको छ ।
अख्तियारका अनुसार उनीहरुले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचतकर्ताबाट संकलन भएको रकमको कुनै अभिलेख नराखी आपसी मिलेमतोमा अपचलन गरेको पाइएको छ । २०६० सालदेखि बचत बैंकको जिम्मा लिँदै आएकोमा त्यस अवधिमा बचतकर्ताहरुबाट उठेको रकम साँवाब्याज गरी पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना गरिएको छ । उक्त रकम उनीहरुबाट जफत गरी कैद र जरिवाना हुनुपर्ने मागदाबी गरिएको छ ।
Post Comment