आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

सारांश

  • भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।
  • फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ ।
  • गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो ।

३० वैशाख, काठमाडौं ।

भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ । गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो । आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।

यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ शहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ । परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’ यसैगरी आईपीएलले भनेको छ, ‘बाँकी कुल १७ खेल ६ स्थानमा खेलिनेछन् । बाँकी खेल १७ मे २०२५ बाट सुरु भएर ३ जुन २०२५ मा फाइनलसँगै समाप्त हुनेछन् । नयाँ तालिकामा समावेश डबल–हेडर खेल आइतबारको दिन खेलाइने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो