मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे

सारांश

  • मिटरब्याज पीडितहरूले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् ।
  • पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए ।
  • मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।

२९ वैशाख, काठमाडौं ।

मिटरब्याज पीडितहरूले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् । पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ भनेर आश्वासन दिएका छन्। ‘जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नु पर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ। त्यतिञ्जेल तपाईहरुबीच फाटो आउन भएन । एक भएर लड्नु पर्छ। मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु। न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईहरुले पाएको दुःख न्याय पाउनु अघिको हो । नआत्तिनु ।’ न्याय पाउनुअघि दुःख हुने बताउँदै उनले मिटरव्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाए। आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरीबबीचको लडाई लामो चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनुपरेको उनले बताएका थिए । उनले आफू जनताकै लागि लड्दा दुःख पाएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा