२६ जेष्ठ २०८२, आईतवार

मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे

 

२९ वैशाख, काठमाडौं ।

मिटरब्याज पीडितहरूले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् । पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ भनेर आश्वासन दिएका छन्। ‘जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नु पर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ। त्यतिञ्जेल तपाईहरुबीच फाटो आउन भएन । एक भएर लड्नु पर्छ। मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु। न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईहरुले पाएको दुःख न्याय पाउनु अघिको हो । नआत्तिनु ।’ न्याय पाउनुअघि दुःख हुने बताउँदै उनले मिटरव्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाए। आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरीबबीचको लडाई लामो चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनुपरेको उनले बताएका थिए । उनले आफू जनताकै लागि लड्दा दुःख पाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?