म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
१९ पटक हेरिएको
Shares
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।
  • मोटरसाइकल चालक वीरगन्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

२९ वैशाख, म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगन्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासि गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब
अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब
त्रिभुवन विमानस्थलमा ३ महिनामा २२ लाख ६३ हजार यात्रु
त्रिभुवन विमानस्थलमा ३ महिनामा २२ लाख ६३ हजार यात्रु
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक