राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल

सारांश

  • उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त गर्दै लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको उल्लेख गर्नुभएको छ ।
  • उहाँले भन्नुभएको छ, “किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
  • ” उहाँले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको बताउँदै यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

२९ वैशाखः काठमाडौँ,  

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ । उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त गर्दै लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” उहाँले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको बताउँदै यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले किरात समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
सर्पको डसाइले महिलाको मृत्यु
सर्पको डसाइले महिलाको मृत्यु
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा