२६ जेष्ठ २०८२, आईतवार

यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै

 

२८ वैशाख, काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दैछ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार साँझ ७:४५ बजे सुरु हुने खेलमा नेपाल स्पस्ट जित निकाल्ने तयारीमा छ । नेपाल पहिलो खेलमा जित निाल्दै समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यता श्रीलङ्का पनि नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनल यात्रा जिवित राख्ने तयारीमा छ ।

श्रीलङ्का यसअघि आफ्नो पहिलो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपाली टोली गोलरक्षक : भक्तबहादुर परियार, विशेष बानियाँ र उपेन्द्र लवान । रक्षक : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा र सिद्धान्त खड्का । मिडफिल्डर : कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन र विज्ञान खड्का ।  स्ट्राईकर : सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ र विजय उर्वा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?