सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
५२ पटक हेरिएको
Shares
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

सारांश

  • शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
  • सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
  • बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए ।

२८ वैशाख, काठमाडौं ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।

तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् । राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा  आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?