आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

सारांश

  • आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • हिजो शनिवार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।
  • वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरुको लागि रहेको टिप्पनि गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौं, जन गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मुल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

 

२७ वैशाख, काठमाडौं ।

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो शनिवार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।

वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरुको लागि रहेको टिप्पनि गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौं, जन गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मुल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।भण्डाफोर अभियान सञ्चालनका लागि संघीय राजधानी काठमाडौंमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेश प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ् र सुदुरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।

‘पार्टीको केही महत्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन संगठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रविन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ,’ आजपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।बैठकले आन्दोलन र पार्टी संगठनलाई जनस्तरमा पुर्याउन संगठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्यांकनको आधारमा लुम्बिनि प्रदेशबाट डा.उषमान अलि, शम्भु जयसवाल, क. भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनित समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति