२६ जेष्ठ २०८२, आईतवार

नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे

 

२७ वैशाख, काठमाडौं ।

सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था: चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सही र गलत छुट्ट्याइन अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको पनि बताए । जनताको सोचमा  परिवर्तन आउनुपर्ने समय आएको भन्दै उनले जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्त्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको भन्दै सभामुख घिमिरेले  अहिले राजनीतिमा अस्थिरता देखा परेको उल्लेख गरे । देशमा बढिरहेको प्रणाली विरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?