भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध

सारांश

  • भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि ७ राज्यका १८ विमानस्थलमा उडान बन्द गरेको छ ।
  • यी मध्ये प्रमुख एयरपोर्टहरू श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर रहेका छन् ।
  • यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका छन् ।

२४ वैशाख,  काठमाडौँ ।

भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि ७ राज्यका १८ विमानस्थलमा उडान बन्द गरेको छ । यी मध्ये प्रमुख एयरपोर्टहरू श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर रहेका छन् । यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका छन् ।

समाचार एजेन्सी पीटीआईले अस्थायी रूपमा बन्द गरिएका ११ विमानस्थलको नाम दिएको भए पनि ७ वटाको नाम भने खुलाइएको छैन । एयर इन्डिया, इन्डिगो, स्पाइसजेट, एयर इन्डिया एक्सप्रेस, अकासा एयर र केही विदेशी एयरलाइन्सले लगभग २०० उडानहरू रद्द गरेका छन् । जम्मू कश्मीर, पञ्जाब र राजस्थानका धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् । करतारपुर करिडोर पनि बन्द गरिएको छ । यहाँबाट सिख भक्तजनहरू पाकिस्तानको करतारपुर साहिबको दर्शन गर्न जाने गर्थे । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको १५ दिन पछि, भारतले मंगलबार राति पाकिस्तान र पीओकेमा रहेका ९ आतंकवादी अड्डाहरूमा हवाई हमला गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने
सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल