महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग

सारांश

  • सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन्।
  • बुधबार नीति तथा कार्यक्रममाथिको  छलफलमा भाग लिँदै उनले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए।
  • यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग गरे।

 

२४ वैशाख, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन्। बुधबार नीति तथा कार्यक्रममाथिको  छलफलमा भाग लिँदै उनले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई

पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए।यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग गरे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताए। प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उनले सुझाव दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?