सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
५७ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे ।
  • उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो ।

 

२३ वैशाख, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’

नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनले बताए । अब दिइएका सुझाव बजेटमा नसेमेटिने उनले बताए । नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए । कृषि प्रणाली परम्परागत रूपमा नै रहेको उनले बताए ।

यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको बताए । स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए । नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे । सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा कसरी जाने भन्ने कुनै नीति आउन नसकेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रमको औचित्य नरहेको दोहोर्‍याउँदै उनले भने, ‘अर्को वर्षदेखि नल्याए पनि हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल