नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे ।
  • उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो ।

२३ वैशाख, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’

नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनले बताए । अब दिइएका सुझाव बजेटमा नसेमेटिने उनले बताए । नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए । कृषि प्रणाली परम्परागत रूपमा नै रहेको उनले बताए ।

यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको बताए । स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए । नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे । सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा कसरी जाने भन्ने कुनै नीति आउन नसकेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रमको औचित्य नरहेको दोहोर्‍याउँदै उनले भने, ‘अर्को वर्षदेखि नल्याए पनि हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै