Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
९२ पटक हेरिएको
Shares
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा

सारांश

  •   सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।
  • शनिबार रातिदेखि भएको वर्षाले राजमार्ग हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
  • बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

 

नवलपुर । 

सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । शनिबार रातिदेखि भएको वर्षाले राजमार्ग हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए। बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन् । जसका कारण घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।

सूचना अधिकारी नेपालले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताएका छन् ।  बाटो बिस्तारको क्रममा ठाउँ ठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकै नै कठिनाइ भएको हो ।  सयौं यातायातका साधन र यात्रुहरू शनिबार रातीदेखि नै जाममा छन् । सडक निर्माणका लागि भन्दै राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आएको भए पनि वर्षा भएपछि यो काम समेत प्रभावित हुँदै आएको छ । बाटो बिग्रंदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छ्न् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज संचालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही