६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
१७ वैशाख, काठमाडौँ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन् । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले दर्ज्यानी चिह्नबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment