Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले  आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिएका हुन्।
  •    बैठकमा विकास निर्माणलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनेबारे छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
  • उनले भने, ‘खासगरी लोकतन्त्रलाई शुद्धीकरण गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणहरूलाई सामूहिक रूपमा जवाफ दिने निर्णय भयो।

 

१७ वैशाख, काठमाडौं :

सत्ता गठबन्धनको बैठकमा सरकारले यही वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले  आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिएका हुन्।   बैठकमा विकास निर्माणलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनेबारे छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।उनले भने, ‘खासगरी लोकतन्त्रलाई शुद्धीकरण गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणहरूलाई सामूहिक रूपमा जवाफ दिने निर्णय भयो। विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने, उच्च प्राथमिकमा राख्ने भन्ने सुझाव आएका छन्।

युवा पुस्तामा आशा र विश्वास जगाउनका लागि उद्यमशीलता, सिप विकास, व्यवसायीकरण योजना, बजार संरक्षणको योजनासहितको नीति तथा कार्यक्रम ल्याउन दलहरूले सुझाव दिनुभएको छ।’  उपमहासचिव ज्ञवालीले अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक संरचना र फजुल खर्चलाई  निर्ममतापूर्वक  कटौती गर्ने र सरकारको कार्य दक्षतालाई बढाउने, सुशासनलाई प्रभावकारी बनाउनेबारेमा पनि सुझाव आएको बताए । उपमहासचिव ज्ञवालीले विगतका वर्षभन्दा मेजर ब्रेक थ्रू हुनेगरी नीति तथा कार्यक्रम आओस् र त्यसलाई बजेटले पछ्याओस् भन्ने सुझाव आएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’