सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही

सारांश

  •   नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले समस्या समाधान गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
  • मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनरत रहेको र सरकार रमिते बनेको आरोप लगाए ।
  • “देश आन्दोलित छ ।

 

१६ वैशाख, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले समस्या समाधान गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनरत रहेको र सरकार रमिते बनेको आरोप लगाए ।“देश आन्दोलित छ । शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडित सडकमा छन् ।

कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । राजावादीले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन्,” उनले भने । सरकार भने प्रतिपक्षले गर्दा काम गर्न नसकेको भन्दै आरोप लगाएर बसेको उनले बताए । “देश अस्तव्यस्त छ । सेवाप्रवाह प्रभावकारी ढंगबाट हुन सकेको छैन । सरकार रमिते भएर बसेको छ । सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छ,” उनले भने, “कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले तत्काल राजीनामा दिनुपर्छ । नैतिक हिसाबले सरकारमा बसिरहने नैतिकता गुमाएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?