२६ जेष्ठ २०८२, आईतवार

सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही

 

१६ वैशाख, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले समस्या समाधान गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनरत रहेको र सरकार रमिते बनेको आरोप लगाए ।“देश आन्दोलित छ । शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडित सडकमा छन् ।

कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । राजावादीले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन्,” उनले भने । सरकार भने प्रतिपक्षले गर्दा काम गर्न नसकेको भन्दै आरोप लगाएर बसेको उनले बताए । “देश अस्तव्यस्त छ । सेवाप्रवाह प्रभावकारी ढंगबाट हुन सकेको छैन । सरकार रमिते भएर बसेको छ । सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छ,” उनले भने, “कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले तत्काल राजीनामा दिनुपर्छ । नैतिक हिसाबले सरकारमा बसिरहने नैतिकता गुमाएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?