वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१२२ पटक हेरिएको
Shares
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

सारांश

  • .
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.
  • पी.

१६ वैशाख, काठमाडौं । .

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी. कोइराला राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ। मन्त्रीस्तरीय निर्णय अनुसार, वी.पी. कोइराला राष्ट्रिय पुरस्कारका दुवै विधामा दुई-दुई जनालाई प्रदान गरिने भएको छ।

राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई  दुई लाख रुपैयाँ राशिको यो पुरस्कार अन्तर्गत उनीहरु दुवैलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मन्त्रालयले जनाएको छ। त्यसैगरी, साहित्य विधामा पाँचथरका तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई वी.पी. कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। यो विधाको पुरस्कार राशि पनि दुई लाख रुपैयाँ रहेको छ र उनीहरूलाई पनि जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, मन्त्रालयले योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बर्दियाकी डा. नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको छ। एक लाख रुपैयाँ राशिको यो पुरस्कार मन्त्रालयको वैशाख ७ गतेको निर्णय अनुसार प्रदान गरिने भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...