राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

सारांश

  • पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ ।
  • संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले  लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् ।
  • गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।

१५ वैशाख, काठमाडौं ।

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ । संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले  लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन थिए । उनी नेतृत्वमा उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा छ । यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो । २४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो । ३० अर्ब रुपैयाँको लगानीमा बनेको भैरहवा विमानस्थल २०७९ जेठमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु
कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या