२६ जेष्ठ २०८२, आईतवार

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे

 

१३ वैशाख, काठमाडौं । 

सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको भए पनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताए ।

उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने कुरा नै फोटो पत्रकारिता भएको उल्लेख गरे । सभामुख घिमिरेले पत्रकारिताको महत्त्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चात् मात्रै उपयोग गरिएको बताए ।  मिडियाको महत्त्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्त्व बुझ्ने ठाउँमा आइपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment